माओवादी र एमालेको तत्काल पार्टी एकता सम्भावना न्यून

7.4K
shares

काठमाडौं । एकीकृत पार्टीको राजनीतिक कार्यदिशा र सांगठनिक संरचना निर्माणका लागि बनेक दुई कार्यदलको प्रतिवेदनमा वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एकता गर्ने भनिएको छ। विवादमा रहेका केही विषय एकता संयोजन समितिमा छलफल गरेर टुंग्याउने भनिए पनि चैत २२ गतेदेखि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन। नेकपातत्कालका लागि नहुने देखिएको छ। बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापनमा दिवसको अवसर पारेर पार्टी एकता गर्ने भनिएको भए पनि तत्काललाई सम्भावना न्यून देखिएको छ ।

एकताका लागि गृहकार्य नै नपुगेकोले अबको एक सातामा पार्टी एकता सम्भव नहुने माओवादी केन्द्रका नेता मणि थापाले बताए। ‘पार्टी एकता बैशाख ९ मा नहुने नै भयो, अब कहिले हुन्छ भन्न सकिँदैन,’ उनले भने । केही दिनमै एकता संयोजन समितिको बैठक बस्ने र बैठकले एकताको नयाँ मिति तोक्ने उनले बताए।‘एकता संयोजन समितिको बैठक बसेपछि मात्रै यो विषयमा थप जानकारी होला,’ थापाले भने, ‘तर अहिलेलाई पार्टी एकता ट¥यो भन्दा फरक पर्दैन ।’ थापाले तयारी नपुगेको बताएपनि माओवादी केन्द्र एकताका लागि तयार नभएको स्रोतहरू बताउँछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083