सरकार कहिल्यै सूचनाप्रति कठोर छैन : सञ्चारमन्त्री बाँस्कोटा

4.75K
shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार कहिल्यै पनि सूचनाप्रति कठोर नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगद्वारा सोमबार आयोजित आयोगबाट जारी भएका आदेश तथा सम्पादित कार्यक्रमको सार्वजनिक कार्यक्रममा उनले भने, ‘सरकार सूचना नियन्त्रण गर्न कठोर हुँदैछ भन्ने नबुझिदिन अनुरोध छ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकारले प्रत्येक बिहीबार मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनलाई नबुझेर अपव्याख्या गरिएको बताए। ‘मन्त्रिपरिषद्को बैठकको निर्णय गर्नमात्र प्रत्येक बिहीबार पत्रकार सम्मेलन गरिएको होइन। त्यो हप्ता भरी भएका सरकारसँग सम्बन्धित गतिविधिबारे जानकारी गराउनका लागि पनि हो’, उनले भने, ‘पत्रकार सम्मेलनमा २२ वटै मन्त्रालयका प्रवक्ता अनिवार्य रहनुहुन्छ। सम्मेलनमा जुनसुकै कुरामा प्रश्न सोध्न सकिन्छ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले संसदमा बोलेको कुरा पनि अर्को दिन समाचारमा मिथ्याङ्क भएर आउने गरेको बताए ।पत्रिकामा प्रधानमन्त्रीले बोलेका कुरा केहीबाट पनि आधिकारिता पुष्टि नभएर अर्कै भएर आउँछ’, उनले भने, ‘समाचारमा स्रोत हावी भएका छन्। आधिकारिक रुपमा सम्प्रेषण भएका छैनन्।’ उनले सूचनाको हकसँग गोपनियताको हक र संवेदनशीलताको हकसमेत हुने जानकारी गराए।

लेख्न, बोल्न र विचार व्यक्त गर्न पाउने कुरा मर्यादित हुनुपर्ने उनको भनाइ थियो। मन्त्री बाँस्कोटाले सूचनाको हकले सामाजिक मूल्य मान्यतासँग सम्बन्ध राख्ने भएकाले हुँदै नभएको कुरा पनि माग्न आएको हुन्छ त्यस्तो सूचनामा सूचनाको हक नहुने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083