घुस रकमसहित आमा – छोरी अख्तियारको फन्दामा

6.31K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिष्टारको कार्याले त्रिपुरेश्वरकी सहायक रजिष्टार गीतकुमारी पन्थी र उनकी छोरी पोषण पन्थीलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको टोलीले आमा–छोरीलाई काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन/एम/बि/ बैङ्कको पार्किङ्गबाट सोमबार पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनका अनुसार आमा–छोरीले सेवाग्राहीसँग घुस लिने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीमाथि निगरानी गरिरहेको बेला घुरसहित रंगेहात पक्राउ गरिएको हो ।

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिः

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्टार गीता कुमारी पन्थीले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निज सहायक रजिष्टार गीता कुमारी पन्थीले सेवाग्राहीसँग रू।१,००,०००। (एक लाख) घुसबापतको रकम लिई निजकी छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा निजहरू दुवै जनालाई काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन/एम/बि/ बैङ्कको पार्किङ्गबाट मिति २०७५/९/३० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

रामेश्वर दंगाल
सहसचिव एवं प्रवक्ता


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083