नेकपाको सांगठनिक संरचना ध्वस्त, ‘डेट एक्सपायर्ड’ कार्यदल अन्योलमा

5.01K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का नेताहरु कुरामात्र बेसी गर्ने भएपछि पार्टी एकता नै अलपत्र परेको छ । जेठ ३ गते भएको पार्टीको एकता (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) बाहेक कुनै प्रगति नगरेका भन्दै पार्टीभित्रै गुनासो बढेको छ ।

केन्द्रीय र स्थायी समिति गठन भए पनि कार्य विभाजन नहुँदा अन्योल छ । स्थानीय तहमा पार्टी एकता भएको अनुभूति हुनै सकेको छैन । यतिसम्म कि अहिलेसम्म सांगठनिक एकता हुन सकेको छैन ।

केवल सरकार संचालनको एकतामात्र भएको जस्तो देखिएको पार्टीको सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले गठन गरेको कार्यदलको म्यादसमेत पुस मसान्तमा सकिएको छ । कार्यदल समयसीमाभित्र आफूलाई दिएको काम सम्पन्न गर्न असफल भएको छ । कार्यदलका सदस्य योगेश भट्टराईको भनाइलाई मान्ने हो भने माघको पहिलो साताभित्रै प्रतिवेदन बुझाइने छ । सांगठनिक एकताका विषय टुंगो लगाउन गठन गरिएको ९ सदस्यीय कार्यदलले गत बिहीबार नै प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसक्नुपर्ने समयसीमा थियो ।

अध्यक्षद्वयले पुस २६ गतेसम्म सांगठनिक एकताको खाकासहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । पुस १३ गतेको स्थायी कमिटी बैठकले दिएको कार्यतालिका अनुसार सोमबार सम्म कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल भइसक्नुपर्ने थियो ।

तर, सचिवालयमा छलफल त परै जाओस्, म्याद सकिँदा पनि कार्यदलले प्रतिवेदन नै दिन सकेन । कार्यदलमा रहेका मन्त्रीहरुको कार्यव्यस्थताका कारण सांगठनिक एकताको प्रतिवेदन बुझाउनमा ढिलाइ भएको बुझिएको छ । कार्यदलमा बस्ने तर त्यो अनुसारको भूमिका आफूले नखेलिदिँदा अप्ठेरो परेको पनि बुझ्न सकिन्छ । कार्यदलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित संघीय मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् ।

बाहिर कार्यव्यस्तता भनिए पनि कार्यदलमा पोलिट्ब्यूरो गठन, प्रदेश कमिटी सदस्यहरुको हेरफेर लगायतका विषयमा मतभेद छ । कार्यदललाई बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार, पार्टीको विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णय हेरफेर, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनवर्गीय संगठनहरुको एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको थियो ।

यो त चौथो कार्यदल । जब यसअघिनै संगठनात्मक एकताका लागि भन्दै तीनवटा कार्यदल बनेका थिए र त उनीहरुले पूरा गरेनन् चौथोले गर्न नसक्नुको पीडा के लिनु ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083