बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, गम्भीर चारलाई काठमाडौं पठाइयो

5.04K
shares

बाग्लुङ । पर्वतको मालढुंगामामा बिहिबार विहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। तीनजनाको घटनास्थलमै र अन्य चार जनाको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको हो। मृत्यु हुने कसैको पनि नाम ठेगाना खुलेको छैन।

गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको स्थानियले जनाएका छन्। घाइतेमध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ। अन्य घाइतेको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार भैरहेको छ ।

पर्वतको ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीका अनुसार म्याग्दीको बेनीबाट चितवनको नारायाणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस सडकबाट झण्डै १ सय ५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083