डा गोविन्द केसी कम्युनिष्ट विरुद्ध लागे : योगेश भट्टराई

4.77K
shares

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा.गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले डा.गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिनुभयो ।

नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताउनुभयो । राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हुँदैन ?उहाँले प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहनुभएका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा.केसी अनशन बस्न इलाम आउनुभएको बताउँदै “तपाईहरू डा.गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला भन्नुभयो ।

“चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन”, उहाँले भन्नुभयो, “डा केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० श्ययाको र डेण्टल तथा नर्सिङका लागि १०० श्ययाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083