शान्ति समाजको आरोप : ‘सरकार डा. गोविन्द केसीलाई मार्न खोज्दैँछ’

6.83K
shares

बुटवल । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले वर्तमान सरकारले सत्याग्रही डा. गोविन्द केसीलाई मार्न चाहेको आरोप लगाएका छन् ।

सरकार सबैको अभिभावक बन्न नसकेको भन्दै उनले अनसनरत केसीको जीवन बचाउन सबैले दबाद दिनुपर्ने बताए । सत्याग्रही डा. गोविन्द केसीसाग विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सत्यसाग सरकार डराएकोले डा. केसीलाई मारेर हाइसुख्ख बस्न खोजेको आरोप लगाए ।

पूर्वसहमति पालना नगर्ने सरकारले डा. केसीलाई पुन अनसनमा बस्न बाध्य पारेको उनको भनाइ छ । ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत बिष्णुप्रसाद ज्ञवालीले ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083