कुमारीपाटीमा पैसा लुट्न खुकुरी प्रहार गर्ने एक पक्राउ

5.07K
shares

काठमाण्डौँ । ललितपुरको कुमारीपाटी स्थित एउटा बैँकको एटिएम बाहिर खुकुरी र खुर्सानीको धुलोसहित नगद लुटपाट गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ ।

सर्लाही रानीगञ्ज घिमिरे चोकका २८ वर्षीय गोपाल दयालले इन्भेष्टमेन्ट बैंकको एटिएमबाट पैसा निकालेर निस्कन लागेका मकवानपुर हेटौंडा घर भई हाल ललितपुर महानगरपालिका–७ बस्ने ३९ वर्षीय राकेशकुमार राईलाई बायाँ हत्केलामा खुकुरी प्रहार गरेका थिए ।

राईलाई घाइते बनाई पैसा लुट्न खोजेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटीएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो । गोपालको साथबाट एउटा खुकुरी र खुर्सानीको धुलोको एक पोका समेत प्रहरीले बरामद गरेको छ । घाइते राकेशकुमारलाई उपचारार्थ पाटन अस्पताल पठाइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083