७५३ स्थानीय तहमा नासुदेखि अधिकृतसम्मको जागिर खुल्यो (सूचिसहित)
वि.सं.२०७५ माघ ४ शुक्रवार १२:४१
shares

काठमाडौं । सबै स्थानीय तहहरुमा जागिर खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहरुमा रोजगार संयोजक मागेको हो । मन्त्रालयले नायब सुब्बा र शाखा अधिकृतका लागि दरखास्त आव्हान गरेको हो ।
मन्त्रालयले ७०५ जना अधिकृत र ४८ जना नायब सुब्बाका लागि आवेदन मागेको हो । उनीहरुको कार्यकाल १ बर्षको हुनेछ । २१ बर्ष पुरा भएर ४५ बर्ष नकटेकाहरुले आवेदन दिन सक्नेछन् । नेपाली र अंग्रेजी टाईप, इमेल इन्टरनेट सञ्चालन र सूचना प्रणाली व्यवस्थापन (एमआईएस) को ज्ञान हुनुपर्नेछ ।
कुन प्रदेशमा कतिरु ?
– प्रदेश १ मा १३० जना अधिकृत र सात जना सुब्बा
– प्रदेश २ मा १३६ अधिकृत
– प्रदेश ३ मा ११२ जना अधिकृत ७ जना नायब सुब्बा
– गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा
– प्रदेश ५ मा १०९ जना अधिकृत
– कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायव सुब्बा
– सुदूरपश्चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायव सुब्बा






























