निर्मलाको घरमा पुगेर कांग्रेस प्रवक्ताले दिए मुलुक ठप्प पार्ने चेतावनी

5.41K
shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घरमा पुगेका छन्। सोमबार बिहान भीमदत्त नगरपालिका–२ स्थित घर पुगेर प्रवक्ता शर्माले निर्मला पन्तका बलात्कारीलाई पत्ता लगाएर कारवाही नगरे कांग्रेसले मुलुक ठप्प पार्ने चेतावनी दिएका छन् ।

निर्मलाको घर पुगेका सञ्चारकर्मीसंग बोल्दै प्रबक्ता शर्माले भने – सरकारले राम्रोसँग अपराधी पत्ता लगाउने काम गर्दैन भने यही मुद्दामा मुलुक ठप्प पार्ने गरी कांग्रेसले कुनै कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था नआओस्, । शर्माले सरकारले नै अपराधी जोगाउन खोजिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले निर्मलाको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि कांग्रेस सरकारलाई सघाउन तयार रहेको र असहयोग पुगेको भए सरकारले भन्नुपर्ने बताए । उनले निर्मलाको शव पखालेर प्रमण नष्ट गरिएको जिकिर गर्दै सरकारले शव पखालिएको अवस्थाबाटै अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । किन शव उठाउँदै गर्दा कपडा धोइयो ? किन लाश पखाल्नतिर लागियो ? त्यहीबाट सरकारले गम्भीरतापूर्वक छानविन गरे भयो नि, प्रवक्ता शर्माले प्रश्न गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083