नेपाली कामदारलाई मलेसिया जाने रोजगारीको बाटो खुल्यो !

8.49K
shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । २०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि १० हजार भिसा लागिसकेका कामदारलाई पठाउने सहमति भएको थियो ।

तर आफैंले कारबाही गरेका भेण्डरहरु परिवर्तन नगरेसम्म कामदार मलेसिया नपठाउने अडानमा रहेका श्रम मन्त्री गोकर्ण बिष्टले अन्ततः श्रम स्वीकृति दिन बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयलाई सहमति दिएका छन् ।

२० जनालाई बैदेशिक रोजगार काठमाडौं कार्यालयले श्रम स्वीकृति दिएको छ । मन्त्रालयसँग सहमतिअनुसार मलेसियन दूताबासबाट सोझै भिसा प्राप्त गरिसकेका १० जना र मलेसियाबाट सोझै भिसा प्राप्तीको प्रक्रियामा रहेका १० जना गरी २० जनाको श्रम स्वीकृति दिनका लागि बैदेशिक रोजगार विभागले काठमाडौं कार्यालयलाई २०७५ माघ २ मा पत्र लेखेको थियो ।

त्यसैअनुसार काठमाडौं कार्यालयले श्रम स्वीकृति दिइसकेको छ । र,उनीहरु संभवतः मलेसिया पुगिसकेका छन् । बिक्की विके, राजाराम चौधरी थारु, नवराज श्रेष्ठ सहितका २० जनाले भिसा प्राप्त गरिसकेका छन् । बैदेशिक रोजगार विभागले मलेसियन दूताबासबाट भिसा प्राप्त गरेको भने पनि भीएलनले भिसा प्रक्रिया गरेको प्रमाण फेला परीसकेको छ ।

मन्त्री बिष्टले भेण्डर परिवर्तन नगरी भिसा लागिसकेका कामदारलाई पनि मलेसिया उडाउन श्रम स्वीकृति नदिएको अवस्थामा अहिले ब्यक्तिगत श्रम स्वीकृति दिएका छन् । जुन ब्यक्तिगत श्रम स्वीकृति लिएकाले पनि भिसा प्रक्रिया भीएलनबाटै गरेका छन् । सन् २०१९ जनवरी ११ मा भीएलएनले विक्की बिकेको भिसा प्रक्रियाबापत शुल्क लिएको रसिद फेला परीसकेको छ । अहिले श्रम स्वीकृित पाएका २० कामदारहरुलाई एक महिनाअघि अध्यागमन कार्यालय एयरपोर्टबाट श्रम स्वीकृति नभएकाले फर्काइएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083