विद्युतमा मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको पहिलो प्राथमिकता : मन्त्री पुन

5.72K
shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने बताए।

उनले भारतसँग सरकारले गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने बताए। नेपाल–भारतबीच विद्युत आदानप्रदान सम्बन्धि सम्झौता नै गरेर सरकारले आफ्नो कामलाई अघि बढाएको मन्त्री पुनको भनाइ छ।

मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको जनाए। कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यवसायिक बन्न आग्रह गरे। राष्ट्रको आवश्यक्ता अनुसार लेखा परीक्षणको कामलाई अघि बढाउन चार्टर्ड एकाउन्टेन्टहरु लाग्नुपर्ने उनको भनाइ छ। महालेखा परीक्षक दंगालले दीगो विकास लक्ष्य हासिल हुने गरी लेखा परीक्षणको कामलाई अघि बढाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको गम्भिर ध्यानाकर्षण गराए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083