भष्ट्रचारी लाई कारवाही गर्ने ऊर्जा,जलश्रोत तथा सिंचाई मन्त्री पुनको चेतावनी
वि.सं.२०७५ वैशाख २ आइतवार १०:००
shares

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन
काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नीतिगत भ्रष्टाचारमा छानविन गरी कारवाही गरिने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले विगतमा विद्युत वितरणको क्रममा भएका नीतिगत भ्रष्टाचारमा छानविन गरी कारवाही गरिने बताएका हुन् । उनले केही गम्भीर नीतिगत भ्रष्टाचारको जानकारी आएकाले छानविन गरेर तत्काल कारवाहीको प्रकृयामा लैजाने बताए ।
उविगतमा विद्युतको आपूर्ति कम थियो, त्यति हुँदापनि नीतिगत भ्रष्टाचार गरेर ठूला उद्योगलाई २४ सै घण्टा बिजुली दिने र जनतालाई आँध्यरोमा राख्ने काम भएको भन्दै अब हुन नदिने बताए । विद्युत् प्राधिकरणले अहिले मुलुकभर नै लोडसेडिङ नभएको जनाएको छ । सर्वसाधारणले दैनिक घण्टौं लोडसेडिङको मार खेप्दै आएका बेला केही ठूला उद्योगले भने २४ सै घण्टा बिजुली पाउने गरेको तथ्य बाहिर आए पछि मन्त्री पुनले यस्तो कार्यमा सम्लग्न भएकालाई कारबाही गर्ने चेतावनी दिनु भएको हो ।
पछिल्लो समय भारतबाट आयत बढाएको र आन्तरिक उत्पादन पनि बढेको बताइए पनि अझै बिजुली अपुग रहेको छ । मन्त्री पुनले अहिले पनि केही थपिएको, केही व्यवस्थापन गरिएको र केही विगतमा भएका नीतिगत अनियमिततालाई रोक्न सक्दा लोडसेडिङमुक्त भएको बताए ।































