मेलम्ची खानेपानी आयोजना : बाँकी काम नेपाली सेनालाई दिने तयारीमा सरकार

4.06K
shares

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिनेबारे छलफल शुरु गरेको छ । गत मंसिर २९ गते क्रिसमस मनाउन भन्दै स्वदेश फर्किका इटालियन ठेकेदार कम्पनी सीएमसी काममा फर्किका छैनन् । सीएमसी काममा नफर्किएपछि सरकारले ठेक्का तोड्ने निर्णय गरिसकेको छ । यद्यपि यसले कानूनी प्रक्रिया पूरा गर्न केही दिन लाग्ने सरकारले जनाएको छ ।

मेलम्चीको बाँकी काम कसरी सक्ने भन्ने अन्यौलमा रहेको सरकारले सेनालाई विकल्पमा राखेको छ ।
मन्त्रालय स्रोतका अनुसार नयाँ ठेकेदार छनोट गरेर काम शुरु गर्दा अर्को जोखिम हुने भन्दै नेपाली सेनालाई जिम्मा दिनेबारे छलफल शुरु गरेको बताए । तर, यसबारे दातृ निकाय एशियाली विकास बैंक (एडीबी) लाई मनाउन समस्या देखिएको छ । किन भने दातृ निकायहरुले सुरक्षा निकायमार्फत आयोजनाहरुको माग गराउँदैनन् ।

उता एडीबी सार्वजनिक खरिद ऐनअनुसार नै नयाँ ठेक्का लगाएर मेलम्चीको बाँकी काम अगाडी बढाउने पक्षमा छ । सेनालाई आयोजनाको जिम्मा दिने वा नदिने भन्ने विषयमा सरकार कुनै निर्णयमा पुगिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083