नेकपाद्वारा पूर्व मन्त्री अधिकारीको स्वास्थ्यलाभको कामना

4.76K
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गरेको हो ।

गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उनको उपचार अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ।

अधिकारीको गत बुधबारदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। ८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, तत्कालीन नेकपा ९एमाले० को स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नु भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083