‘बहुमतको रातो झण्डा ओढाउने नाममा विवेकलाई सेतो कात्रो ओढाइन्छ भने सैह्य हुँदैन’ : कांग्रेस

6.58K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास गरे आफूहरु सशक्त रुपमा अघि बढ्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्:

अस्पतालको बहानामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक रोक्ने कांग्रेसको उद्देश्य !

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । शर्माले भने,‘“सरकार कठोर भए कांग्रेस गीताको श्लोक सुनाएर फर्किँदैन । हामी शालीनता र सशक्ततासँगै प्रस्तुत हुन्छौं । सरकारले बहुमतलाई अगाडि बढाउँदै गर्दा बहुमतको रातो झण्डा ओढाउने नाममा विवेकलाई सेतो कात्रो ओढाइन्छ भने सैह्य हुँदैन।”

यो पनि पढ्नुहोस्:

संसदमा सभामुखमाथि कांग्रेसले चोर औंला उठाएपछि…….

उनले प्रधानमन्त्रीलाई प्रतिक्षा गरेर निकास निकाल्नुनै अहिलेको उत्तम विकल्प भएको उनले बताए। उनले भने,“प्रधानमन्त्रीलाई प्रतिक्षा गर्नु नै सरकारका लागि उत्तम विकल्प हो । नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रतिक्षा गर्न संसदलाई आग्रह गर्छ।”

यो पनि पढ्नुहोस्:

कांग्रेस सांसदद्धारा रोस्टम घेराउ, सरकारले दम्भ देखाएको आरोप

‘सरकारले नेपाली काँग्रेसको इतिहासमाथि प्रहार गर्‍यो’ : गच्छदार

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक भोलीसम्मको लागि स्थगित

काँग्रेसले संसद अवरुद्ध गरेकोमा बाबुराम भट्टराईको असन्तुष्टि


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083