डा केसीको जीवन रक्षाको माग गर्दै आज माइतीघरमा प्रदर्शन

4.63K
shares

काठमाडौं । सरकारले डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन हुने भएको छ। सहमतिविपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा प्रदर्शन गर्न लागिएको हो । डा केसीको जीवन रक्षा र उनको माग पूरा गर्न सोलिडारिटी फर डा केसी अलायन्सले आज मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो।

माइतीघरमा भेला भएर त्यसपछि उक्त प्रदर्शन बानेश्वरतर्फ जानेछ । चिकित्सा शिक्षा विधेयक सहित ६ बुँदे माग राखेर १९ दिनदेखि डा केसी आमरण अनसनमा छन्। सहमति विपरीतको विधेयक पारित गरेर संसदले तीन करोड नेपालीलाई धोका दिएको भन्दै डा केसीले अनसन जारी राखेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083