प्रधानमन्त्री ‘ओली’ स्वदेश फिर्ता

6.73K
shares

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा भाग लिन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। उनी शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्।

Image result for ओली स्वदेश फिर्ता

 

प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा दुई वटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गरेका थिए। ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विभिन्न देशका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र नेपाल सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आइतबार स्वीट्जरल्याण्ड गएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083