म्यानचेष्टर युनाइटेडको लगातार आठौं जित, आर्सनल ३-१ ले पराजित

4.89K
shares

काठमाडौं । म्यानचेस्टर युनाइटेडले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति एफए कप फुटबलको चौथो चरणको खेलमा पनि म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-१ ले हराउन सफल भएको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा एलेक्स सान्चेज, जेसी लिंगार्ड र एन्थोनी मार्शलले गोल गरे । आर्सनलका लागि पिएर एमरिकले सान्त्वना गोल फर्काए । ३१ औँ मिनेटमा सान्चेजको गोलबाट म्यानचेस्टर युनाइटेडले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि लिंगार्डले अर्को गोल थप्दै अग्रता दोब्बर पारे ।

४३ औँ मिनेटमा एमरिकले आर्सनलका लागि गोल फर्काएपछि खेल २-१ को स्थितिमा आयो । तर, यत्तिकैमा म्यानचेस्टर युनाइटेड रोकिएन । ८२ औं मिनेटमा मार्शलले पनि एक गोल गरे र युनाइटेड ३-१ को नतिजासहित विजयी भयो ।

पहिलेका प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त भएपछि हाल ओल गुनार म्यानचेस्टर युनाइटेडको प्रशिक्षक छन् । उनले जिम्मेवारी सम्हालेपछि म्यानचेष्टर युनाइटेडको यो लगातार आठौं जित हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083