नेविसंघद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

5.33K
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

पार्टी कार्यालय तीनधारेबाट नारावाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविसचोकमा शनिवार दिउँसो पुत्ला दहन गरेको हो।

आफैंले गरेको सम्झौताविपरीत ओली सरकारले डाक्टर गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरेको, छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएको भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघ गोरखा सभापति सुवास अधिकारीले बताए।

बहुमतको आडमा सत्तारुढ दल नेकपाले प्रतिपक्षी दलको विरोध हुँदा हुँदै संसदबाट चिकित्सा शिक्षा विद्येयक पारित गरेको भन्दै कांग्रेस र उसको भातृ संस्थाले विरोध गर्दै आएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083