बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण सुचारु

5.81K
shares

काठमाडौँ । बाक्लो हुस्सुका कारण बिहानैदेखि अस्तव्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान अवतरण सुचारु भएको छ।

आइतबार बिहानैदेखि बाक्लो हुस्सु लागेर विमानस्थलको भिजिबिलिटी कम देखिएपछि ‘भिजुअल फ्लाइट रुल्स’ अन्तर्गतका आन्तरिक उडान ठप्प भएका थिए। अतर्राष्ट्रियतर्फको उडान र अवतरण पनि प्रभावित थिए।

घाम लाग्न सुरु भएपछि १६ सयभन्दा माथि भिजिबिलिटी देखिएको र विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन्। प्रवक्ता तिवारीका अनुसार अवरुद्धको समयमा पनि आइएफआर लागू भएका आन्तरिक गन्तव्यमा भने उडान भइरहेको थियो। आधा घण्टा अगाडिदेखि भिएफआर उडान पनि सुरु भइसकेको उनले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल विराटनगर, चन्द्रगढी, धनगढी लगायतका विमानस्थलमा दिवा समयको लागि आइएफआर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ सुरु भइसकेको छ।

अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरेर १६ सयदेखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिने अवस्था छ। आइतबार बिहान भने बाक्लो हुस्सुका कारण विमानस्थलमा दुई सय मिटरमात्र भिजिबिलिटी थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083