जीप दुर्घटनामा घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

6.36K
shares

काठमाडौं । जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बिरगञ्जका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।

शनिवार साँझ बा.१ झ. १६३३ नम्बरको स्कार्पियो जिपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर प्रजिअको जिपमा सवार प्रहरी हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् । उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गरिने बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083