आजदेखि मौसममा क्रमिक सुधार

5.12K
shares

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको हो।

पश्चिमी वायुको प्रभावले गत मङ्गबारदेखि शुरु भएको वर्षा आजबाट क्रमिक सुधार हुँदै जाने मौसमविद् विभूति पोखरेलले बताए। उनका अनुसार दिउँसो देशभरिको मौसम सामान्यतयाः सफा रहनेछ। पहाडी भू(भागमा भने आंशिक बदलीको सम्भावना रहेको बताइएको छ।

भोलि देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतयाः सफा रहनेछ। पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाको पछिल्ला विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ र अधिकतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २६ डिग्री सेल्सियस रहेको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083