दुर्घटनामा ज्यान गुमाउनु पाँच महिनाअघिनै स्वर्गको बास मागेका थिए एसपी पोखरेलले
वि.सं.२०७५ माघ १३ आइतवार १३:४३
shares

काठमाडौं । सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको शनिबार बारामा भएको स्कारपियो दुर्घटनामा मृत्यु भएको छ । पोखरेलले पाँच महिना अघि सुप्रवल जनसेवा श्री पदक पाएपछि आफ्नो फेसबुक वालमा स्वर्ग जाने इच्छा व्यक्त गरेको भेटिएको छ । उनले सेप्टेम्बर ४ तारिखमा फेसबकुमा एउटा कवितात्मक स्टाटस पोस्ट गर्दै स्वर्गमा बास मागेका थिए ।
पोखरेलको दुर्घटनामाम मृत्यु भएपछि धेरैले उनको त्यो पुरानो स्टाटस स्क्रिनसट गरेर सेयर गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन । शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा पोखरेल चढेको गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएका पोखरेललाइ चिकित्सकले मृत घोषणा गरेका थिए । सिडिओ भट्टराईसहति अन्य तीन जना गम्भीर घाइते भएका छन । अन्य घाइतेमा गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ रहेका छन ।






























