थारु कल्याणकारिणी सभाले थाल्यो रेशम चौधरी बचाउँ अभियान

10.56K
shares

काठमाडौं । टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरी बचाउँ अभियान सुरु गरिएको छ । थारु कल्याणकारिणी सभाले रेशम चौधरी बचाउँ अभियान थालेको हो । यो अभियान सप्तरीबाट सुरु हुदैंछ ।

उक्त अभियानको लागि भन्दै ३१ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले गत पुस १९ गते पद तथा गोपनियातको सपथ ग्रहण गरेका थिए ।

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो। उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083