भारतको आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

4.68K
shares

काठमाडौं । भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083