चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरीका अपहरणकारी पक्राउ

5.4K
shares

काठमाडौं । राजधानीको थापाथलीस्थित प्रसूती गृहकी चिकित्सक बबिता शाहकी छोरीका अपहरणकारी पक्राउ परेका छन् । बालिका अपहरणपछि फरार रहेका मुख्य अभियुक्त धनुषाका मनिषकुमार गुप्ता पक्राउ परेका हुन्

उनलाई सोमबार झापाको विर्तामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए । विर्तामोडबाट पक्राउ परेको भनिए पनि अभियुक्त गुप्ता भारतको सीतामडीबाट पक्राउ परेको विषेश स्रोतले जनाएको छ ।

यही माघ ११ गते साहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरण भएको थियो । अपहरणपछि प्रहरीले सोही दिन बालिकाको सकुशल उद्धार गरेको थियो । मनिषले बालिकाको अपहरण गरेपछि फिरौती मागेका थिए । बालिकाको परिवारले आईएमईमार्फत जनपुरमा फिरौती रकम पठाएको सो रकम मनिषकी पत्नी अर्चेनाकुमारी गुप्ताले भिकेकी थिइन् ।

अपहरणकारीले बालिकालाई काठमाडौंको तिलगंगामा छोडेर भागेका थिए । घटनापछि फरार रँदै आएको अभियुक्त गुप्ता पक्राउ परेका हुन् । अपहरणमा संलग्न भएको आरोपमा मनिषकी श्रीमती अर्चेनाकुमारी यसअघि नै पक्राउ परिसकेकी छिन् , हाल उनलाई काठमाडौं महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ । पक्राउ परेका मनिषलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सिंहले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083