सुनकोशीको अवैध ‘कल्भर्ट’ हटाउन समन्वय समितिको निर्देशन

5.53K
shares

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने सुनकोसी नदीमा निर्माण गरिएको अस्थायी ‘कल्भर्ट’ हटाउन जिल्ला समन्वय समितिले निर्देशन दिएको छ ।

सोमबार बसेको जिल्ला समन्वय समिति रामेछापको बैठकबाट सुनकोशीमा निर्माण भएको अवैध कल्भर्ट हटाउने निर्णय गरेर गाउँपालिकालाई पत्राचार गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

‘पर्यटन मन्त्रालयबाट जल पर्यटनलाई अवरोध नगर्न भनेर हामीलाई पत्र आएको थियो’ प्रजिअ अधिकारीले भने, ‘समन्वय समितिबाट निर्णय गरेर सुनकोशीको कल्भर्ट पाँच दिनभित्र हटाउन खाँडादेवी गाउँपालिकालाई पत्राचार गरेका छौं ।’ प्राकृतिक सम्पदाको अवैध दोहन गरेर बालुवा निकासीका लागी रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीतर्फ कमेरे भन्ने ठाउँलाई जोड्ने गरी स्थानीय भुवन घिमिरेले कल्भर्ट (अस्थायी पुल) निर्माण गरेका थिए ।

बालुवा निकासीका लागी सुनकोसीमा सिमेन्टेड ह्युम पाइप प्रयोग गरेर निर्माण गरिएको पुलका कारण दोलालघाट हुँदै आउने र्याफ्टिङ बग्न बाधा पुगेको भन्दै स्थानीय पर्यटन ब्यवसायी रमेश योञ्जनले पर्यटन मन्त्रालयमा उजुरी दिएका थिए ।

खाँडादेवी गाउँपालिकाको कोथबेमा गत बर्षदेखि निर्माण शुरु गरेको घिमिरेको बालुवा वासिङ्ग प्लान्ट र क्रसर निर्माण कार्य सम्पन्न भैसकेको छ । वालुवा वासिङ्ग प्लान्टको निर्माण कार्य सकिएसँगै ब्यक्तिगत रुपमा ४९ लाख रुपैयाँ खर्च गरेर मंसिर अन्तिम साता अस्थायी पुल निर्माण गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रामेछाप जिल्ला समिती सदस्य समेत रहेका घिमिरेको ब्यक्तिगत स्वार्थका लागि पुल निर्माणका गर्न खाँडादेवी गाउँपालिका–१ का अध्यक्ष विष्णु कुमार श्रेष्ठले सिफारिस दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083