बाजुरामा पुनः हिमपात, चिसोले जनजीवन कष्टकर

4.36K
shares

बाजुरा । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ। हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ।

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ। हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताए।

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083