‘बागमतीबाट १८ हजार मेट्रिक टन फोहोर उठाइयो’ : शहरी विकास मन्त्रालय

7.15K
shares

काठमाडौं । बागमती सफाइ अभियानको ३ सय हप्तामा १८ हजार मेट्रिक टन फोहोर उठाइएको छ ।

बागमती सफाइ महाअभियानको ३ सय हप्ताको विशेष अवसरमा शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । २०७० सालदेखि सुरु गरिएको बागमती सफाइ अभियानमा १८५० संघसंस्था र करिब १० लाख स्वयंसेवक सहभागी भएको जानकारी दिइयो ।

३ सय हप्ता पुगेको अवसरमा माघ २६ गते बिहान साढे ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितमा शंखमुलमा विशेष कार्यक्रम गरिने भएको छ । यस्तै सङघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले ७५३ स्थानीय तहमा विशेष सफाइ अभियान पनि सञ्चालन गर्ने भएको छ । २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ अभियान सुरु भएको थियो ।

पत्रकार सम्मेलनमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले ३ सय हप्तासम्म सरसफाइ अभियानमा सहभागी संघसंस्था, स्वयंसेवक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई धन्यवाद दिँदै माघ २६ गते बिहानको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव आशिष घिमिरेले २०५१ सालदेखि हालसम्म बागमती सफाइका लागि ७ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिए । शनिबार हुने बागमती सफाइमा भने स्वयंसेवक सहभागी हुने भएकोले सो अभियानका लागि भने खर्च नभएको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083