बार्सिलोनाको कठिन जितमा मेस्सीको निर्णायक गोल

5.11K
shares

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित हात पारेको छ।

शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १-० गोलको कठिन जित निकालेको हो। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले गोल गरे। खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनको गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो।

खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्को उत्कृष्ट गोल गर्ने अवसर खेर फाल्यो। खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको थियो। यसअघि पेनाल्टीबाटै गोल गर्दै अग्रता दिलाएका मेस्सी यो पटक भने पेनाल्टीमा सफल हुन सकेनन्। उनले पेनाल्टीबाट गोल गर्न मिस गरेसँगै बार्सिलोनाले दोब्बर अग्रता बनाउनबाट चुकेको थियो।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई १-० गोलअन्तरले पराजित गर्दा लेभान्टेले सेल्टा भिगोलाई ४-१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको छ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २४ खेलबाट ४७ अंक छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083