मन्त्रिपरिषदको निर्णय पनि अख्तियारले छानबिन गर्नुपर्छ : अध्यक्ष ‘थापा’

7.1K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रधिकार बढाउन माग गरेको छ। नेपाली सेना र न्यायालयसँगै मन्त्रिपरिषदको निर्णयमार्फत हुने भ्रष्टाचारको छानबिनको जिम्मा पनि अख्तियारलाई दिनुपर्ने उसको माग छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले नेपाली सेना, न्यायालय र मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार बढेको बताए।

अख्तियारको नियन्त्रण बाहिर हुँदा सेना र न्यायलयमा भ्रष्टाचार बढेको र सानातिना ठेक्काका निर्णय पनि मन्त्रिपरिषद बाट हुन थालेको भन्दै उनले राज्यकोषबाट सञ्चालित सबै निकाय अख्तियारको क्षेत्राधिकारमा समावेश गर्नुपर्ने बताए। ‘मन्त्रालयको सचिवस्तर र मन्त्रीस्तरबाट हुन सक्ने निर्णय पनि अनियमितता ढाकछोप गर्न क्याबिनेटबाट हुने गरेको छ’ उनले भने, ‘त्यसैले मन्त्रिपरिषदबाट गरिएको ठेक्कापट्टा पनि अख्तियारको क्षेत्राधिकारमा राखिनुपर्छ।’

सीके राउत राष्ट्रिय सुरक्षाका लागि थ्रेट

राप्रपाले देश टुक्र्याउन चाहने विखण्डनकारी शक्तिले तराईमा गतिविधि गरिरहेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

‘तराईमा एउटा समूहले मधेस नेपाल होइन, स्वतन्त्र देश हो भनेर गतिविधि गरिरहेको छ, गोप्य रुपमा प्रभाव विस्तार भइरहेको छ’ आइतबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने ‘यसलाई सुरुमै सम्बोधन गर्न नसक्ने हो भने राष्ट्रिय सुरक्षाको लागि थ्रेट हुन्छ।’ तराईमा सीके राउतको नेतृत्वमा स्वतन्त्र मधेस आन्दोलन सञ्चालन भइरहेको छ। थापाले सीके राउतको नाम नलिए पनि स्वतन्त्र तराईको माग राख्नेहरुमाथि नियन्त्रण गर्न माग गरेका हुन्।

राप्रपाले भारतसँगको सन् १९५० सालको शान्ति तथा मैत्री सन्धी खारेज गरी नयाँ सन्धी गर्न पनि माग गरेको छ। त्यस्तै भारतसँगको खुला सीमाना व्यवस्थित र नियमन गर्न पनि माग गरेको छ। ‘कालापानी, लिपुलेक र सुस्तालगायतका क्षेत्रमा अतिक्रमित नेपालीभूमि फिर्ता गर्न कुटनीतिक पहल गरियोस्।’

भोलि नै पार्टी एकता गर्न चुनौती

राप्रपा अध्यक्ष थापाले तीनवटा राप्रपाबीच एकीकरणको आधारपत्र तयार पारे पनि आफूलाई अलग गरेर पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकता गरेको आरोप लगाए। ‘त्यो एकताको आधारपत्र मैले नै तयार पारेको हुँ, उहाँहरुले तीन राप्रपा लेखिएको ठाउँमा दुई राप्रपा लेखेर हस्ताक्षर गर्नुभएको छ’ उनले भने ‘पशुपतिजीले र प्रकाशजीले हस्ताक्षर गरेको कागजमा म भोलि नै एकता गर्न तयार छु, उहाँहरु तयार हुनुहुुन्छ ?’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083