संचार माध्यामलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न मन्त्री बास्कोटाको आग्रह
वि.सं.२०७५ फागुन ७ मंगलवार १३:५१
4.88K
shares
shares

काठमाडौं। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारी संचार माध्यमले पनि सरकारको प्रशस्ती गाईरहन नपर्ने पनि स्पष्ट पारे।
संचार माध्यामहरुले कसैको विरोध वा समर्थनभन्दा पनि क्रियशनमा ध्यान दिनुपर्ने उनको भनाई छ। मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको संचार माध्यामप्रति आक्रोश पनि व्यक्त गरे।
त्यस अवसरमा उनले राष्ट्रिय समाचार समितिलाई सत्यतथ्य समाचारको केन्द्र बन्न पनि सचेत गराए। राष्ट्रिय समाचार समितिले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको मन्त्री बास्कोटाको भनाई छ।






























