गोविन्द केसीको ‘काउन्टर’मा विजय थापा फेरि अनसन बस्ने

4.23K
shares

काठमाडौं । शिक्षा अभियन्ता विजय थापाले डाक्टर गोबिन्द केसीको नाममा जारी प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डा.केसी फेरी पनि अनशनको चेतावनी दिन्छन भने उक्त अनसनको बिरुद्धमा आफुपनि अनसन बस्ने चेतावनी दिए।

उनले भने,‘डाक्टर केसी अनशन बस्छन् भने म पनि केसीको बाटो रोज्न पछि हट्दिन। उनले कार्यान्वयनको चरणमा रहेको चिकित्सा शिक्षा ऐनबिरुद्ध केसीको चर्को बिरोध रहेको भन्दै त्यसमा पनि आपत्ति जनाए। उनले भने,‘सरकारी मापदण्ड पुरा गरि आशयपत्र लिईसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा केसी छटपटाईरहेका छन्, यसबाट नै नेपालको चिकित्सा शिक्षा क्षेत्रमा अघोषित सिन्डीकेट रहेको स्पष्ट हुन्छ।

विदेशमा रहेका कयौं नेपाली बिद्यार्थीहरुलाई देशमा बिद्यमान दलाल कन्सल्टेन्सीमार्फत बेचिरहँदा कमिशनको लाभमा डा.केसी र उनका समर्थकहरुले कागजको टोपी लगाएर माईतिघरमा नाटकमात्र गर्ने गरेको पनि उनले गम्भिर आरोप लगाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083