जितसँगैं वार्यनले गर्यो शीर्षको डर्टमण्डसँग अंक बराबरी
वि.सं.२०७५ फागुन १२ आइतवार १०:५१
4.29K
shares
shares

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले हेर्थ बिएससीलाई १–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा १० खेलाडीमा सिमित हेर्थविरुद्ध जित निकाल्न वायर्नका जाभी मार्टिनेजले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा मार्टिनेजले निर्णयक गोल गरे।
यस्तै खेलको ८४ औं मिनेटमा करिम रेकिकले रातो कार्ड पाएपछि हेर्थ १० खेलाडीमा सिमित भएको थियो। जितसंगै डिफेण्डिंग च्याम्पियन वायर्नले लिग लिडर बोरुसिया डर्टमण्डविरुद्ध अंक बराबर गरेको छ। दोस्रो स्थानको वायर्नले २३ खेलबाट ५१ अंक जोडेको छ। एक खेल कम खेलेको डर्टमण्डको ५१ अंक नै रहेको छ। लिगको दशौं स्थानमा रहेको हेर्थको ३२ अंक छ।






























