एलओसीमा भारत-पाकिस्तान गोली हानाहान चार जनाको मृत्यु

3.87K
shares

एजेन्सी । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तान बीचको तनाव झन चर्किएको छ। भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोल दुई पक्षबीच गोली हानाहान भएको छ।

उक्त घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। आक्रमणमा तीन महिला र एक बच्चा रहेको खबर छ। भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ।

पाकिस्तानले जम्बू कश्मीरका अखनुर, नौशेरा र कृष्ण घाटीमा संघर्ष बिरामको उल्लंघन गरेको आरोप छ। सो घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ। भारतको पुलवा जिल्लामा गत फेब्रुअरी १४ मा भारतीय केन्द्रीय रिजर्व फोर्सका ४६ जना सुरक्षाकर्मी आत्मघाती आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीचको तनाव झन बढ्दै गएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083