मन्त्री अधिकारीको निधनप्रति राष्ट्रपति भण्डारीद्धारा दुःख व्यक्त

6.73K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति दुःख व्यक्त गरेकी छिन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीका परिवारमा समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार मन्त्री निवास पुल्चोक पुगेर स्व‍। अधिकारीका परिवारलाई भेटेका थिए।

बुधबार हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083