ट्रम्प र किम बिचको दुश्मनी मित्रतामा परिवर्तन

6.29K
shares

एजेन्सी। लामो दुश्मनी साँध्दै आएका दुई मुलुक अमेरिका र उत्तर कोरियाका दुई नेता डोनाल्ड ट्रम्प र किम जोङ उनले संसारलाई दंग्याउँदै अन्तत : आफूहरुको दुश्मनी मित्रतामा परिवर्तन गरे।

भियतनामको हनोइमा भएको ट्रम्प र किमको दोस्रो वार्ता सकारात्मक रुपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। केही महिना अघिसम्म मात्रै व्यक्तिगत बनोट कै आधारमा समेत अनेक लान्छना लगाउँदै आएका यी दुई नेताले पछिल्लो वार्ताको क्रममा त ‘प्रेमपत्र’ नै साटासाट गरे। जब कि, अमेरिटी राष्ट्रपति ट्रम्पले यस अघि नै आफूहरु प्रेममा परेको बताइसकेका थिए।

त्यसो त, वार्तापछि ट्रम्पले पत्रकारहरुलाई आफ्नो सम्बन्ध र मित्रताबारे व्याख्या गरिरहँदा पत्रकारहरु नै हाँसेका थिए। उनले उत्तर कोरियाली नेता किमसँग भेटलाई आफूले धन्य महसुश गरेको र आफूहरुको विशेष सम्बन्ध रहेको प्रतिक्रिया दिए।

साथै आफूबारे अनुमान र टिप्पणी गलत सावित गरिदिएको उनीहरुको प्रतिक्रिया थियो। वार्ता पछि ट्रम्पले ‘भोलि दिनभर हामी पार्टीमा ब्यस्त हुनेछौँ’ भनिरहेको कुरालाई भने मिडियाले उनीहरु बीचको सम्बन्धलाई ‘रोमान्टिक’ रुपमा प्रस्तुत गरिरहेका छन्।

रोचक त उनीहरुले यो मित्रतालाई ‘प्रेम सम्बन्ध’कै रुपमा व्याख्या र टिप्पणी भएको छ। यस अघि नै ट्रम्पले आफू किमसँग प्रेममा परेको प्रतिक्रिया दिएपछि नै उनीहरु माथि यस्ता टिप्पणी भएका हुन्। पछिल्लो भेटमा वार्ताले सार्थक रुप पाए पछि ‘प्रेम सम्बन्ध’को रुपमा टिप्पणी भएको हो।

Related image

एवा वोमन युनिभर्सिटीका प्राध्यापक जेस्पर किमका अनुसार उनीहरु दुबै एकअर्कालाई आवस्यक हुन्। महिनौँ देखि प्रतिक्षित यस पटकको वार्तामा उनीहरु बीच परमाणु हतियार निशस्त्रिकरण लगायत विषयमा सहमति भएको बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083