काठमाडौंँ ल्याइयो मन्त्री अधिकारी सहित सातै जनाको शव!

4.82K
shares

काठमाडौंँ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ। शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ।

दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोष्टमाटम पछि टुँडिखेलमा लगिने भएको छ।

ताप्लेजुङबाट त्रिभुवन विमानस्थल हुँदै टिचिङ लगेर पोस्टमाटम पछि अधिकारीको शव श्रद्धान्जलीका लागि टुडिखेलमा राखिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका टुडिखेल मै पार्टीको झण्डा ओढाउने र श्रद्धाञ्जलिका लागि राखिने छ। शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो। तर, मौसमका कारण उड्न सकेको थिएन। अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083