यति र तारा एयरलाइन्सले आज उडान नगर्ने

10.05K
shares

काठमाडौं । निजी हवाई सेवा प्रदाक यति एयरलाइन्स र तारा एयरलाइन्सले आफ्ना सबै उडान बन्द गर्ने भएका छन्।

एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको एयर डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटनामा निधन भएको शोकमा दुवै विमानले शुक्रबारका सम्पूर्ण उडान स्थगन गर्ने निर्णय गरेको हो। साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री रवीन्द्र अधिकारी, एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पा लगायतको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083