आईसीसी वरीयतामा पारसको सुधार, सोमपाल–बसन्त यथावत

6.83K
shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका ३ खेलाडी अटाएका छन्। आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन्।

वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औं स्थानमा उक्लिएका छन्। ७६ अंक पाएका कप्तान पारसको यो करियरकै उत्कृष्ट वरीयता हो। उनले दुई स्थान सुधार गरेका हुन् गरेका हुन्। अघिल्लो पटक पारस ४० औं स्थानमा रहेका थिए।

यस्तै कप्तान पारस ब्याटिङतर्फ दुई स्थान सुधार गर्दै ९२ औं स्थानमा उक्लिएका छन्। अघिल्लो महिना पारस ९० औं स्थानमा थिए। यस्तै अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औं स्थानमा रहेका छन्। यसअघि सोमपाल ५१ औं स्थानमा रहेका थिए।

त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन्। समान ४०९ अंक पाएका दुवै खेलाडी यथावत रहन सफल भए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083