सेना दिवसमा ‘फ्रि-फल जम्प’ प्रर्दशनका क्रममा एक सेना घाइते

5.75K
shares

काठमाडौं। जङ्गी अड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ।

प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो। दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन्। सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए। ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकालले भने।

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ। त्यही परम्परा अनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन्।