उत्तर कोरियामा निर्वाचन : मतपत्रमा किमको मात्र नाम

5.15K
shares

एजेन्सी । उत्तर कोरियामा नाम मात्रको निर्वाचन आज हुँदै छ। जहाँ संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा किम जोङ उनको मात्र नाम छ। किम सत्तामा आएपछि उत्तर कोरियामा दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।

अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको छ। १७ वर्षमाथिका नागरिकलाई मतदानका लागि अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा मतदानका लागि हरेक नागरिकलाई उर्दी जारी गरिने गर्छ। यसअघि शतप्रतिशत मतदान भएको थियो। निर्वाचनलाई उत्तर कोरियाले जनगणनाका रूपमा लिने गरेको छ।

उत्तर कोरियामा निर्वाचन एक मात्र विकल्प रहे पनि गोप्य मतदानका लागि समेत नागरिक डराउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन्। उत्तर कोरियाको संसदलाई कुनै पनि कानुन निर्माणका लागि नेता किमको स्वीकृतिपछि मोहर मात्रै लगाउने अधिकार छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083