६ किलो गाँजासहित आमाछोरी पक्राउ
वि.सं.२०७५ चैत १४ बिहीवार ११:३८
4.76K
shares
shares

काठमाडौं। पर्सा प्रहरीले ६ किलोग्राम गाँजासहित आमाछोरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका- १ छप्कैयामा डेरा गरी बस्ने ३८ वर्षीय अन्जु देवी कर्ण र उनकी छोरी रहेकी छन्।
ईनर्वा चोक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। उनीहरुले शरीरको विभिन्न भागमा लुकाएर २४ पाकेटमा ६ किलो गाँजा भारततर्फ लग्न लागेका थिए।































