बाढीले बगाएर भारत पुगेका तीन गैँडा ल्याउन कठिनाई

8.76K
shares

चितवन। दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन सकेको छैन। ०७३ साउन अन्तिम साता आएको बाढीले बगाएको दश गैँडा उद्धार गरी ल्याइए तीन गैँडा ल्याउन नसकेको हो।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाउँदा गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए। तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो। त्यसको करिब एक वर्षपछि नेपाल छिरेको मौकामा अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हाल भारतीय भूमिमा रहेका गैँडा ल्याउन केही महिनाअघि पत्रचार गरिए पनि प्रतिउत्तर आएको छैन। निकुञ्जले परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ। यद्यपि भारतीय पक्षबाट जवाफ नआएकाले गैँडा ल्याउन नपाइएको ढकालले बताए। भारतीय अधिकारीले तीन गैँडा रहेको जनाएपछि निकुञ्जले पहल सुरु गरेको थियो। बाढीले गैँडासँगै अन्य जनावर पनि बगाएर भारत पु(याएको थियो। यस क्रममा साना वन्यजन्तु मरेको जनाइएको थियो।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ५ गैँडा छन्। यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय हुन सकेको छैन। बाढीले धेरै गैँडा पश्चिमी क्षेत्रमा पु(याएपछि प्राकृतिक कारणले मर्ने क्रम बढेर गएको छ। चालू आर्थिक वर्षको हालसम्म राष्ट्रिय वन क्षेत्रमा दुईसहित ४१ गैँडा प्राकृतिक कारणले मरिसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083