सम्राज्ञीले लिइन् एउटा चलचित्रको पारिश्रमिक १६ लाख
वि.सं.२०७५ चैत १९ मंगलवार ११:५३
8.36K
shares
shares

काठमाडौं। चलचित्र रातो टिका निधारमामा अभियन गर्न नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएकी छन्। पछिल्लो समय थोरै फिल्म खेल्ने तर महँगो पारिश्रमिक लिने नायिकाका रूपमा उनको चर्चा भइरहेका बेला यस्तो खबर बाहिर आएको हो।
अशोक शर्माले निर्देशन गर्न लागेको उक्त चलचित्रका लागि यसअघि नायिका नीता ढुंगानाको नाम फाइनल भएको थियो। अब उनी सहायक भूमिकामा देखिने बताइएको छ। तर उनको पारिश्रमिक कति भन्नेबारे भने खलाइएको छैन।
चलचित्रमा नायकको भूमिकामा निर्देशक अशोकका छोरा अंकित देखिनेछन्। उनको यो डेब्यू चलचित्र हुनेछ। आगामी वर्षको दसैंमा प्रदर्शनमा आउने भनिएको उक्त चलचित्र नयाँ वर्ष लाग्नेबित्तिकै छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ।

























