बारा-पर्सालाई प्रदेश ३ सरकारद्वारा एक करोड सहयोग

4.51K
shares

हेटौंडा। प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएको थियो। निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए। टोलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी पनि लिएको थियो।

प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए। विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो। साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

यसैगरी मंगलबार नै बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय पनि गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083