अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृहमन्त्रीको निर्देशन

5.6K
shares

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृहमन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन्।

आज गृहमन्त्रालयमा २०७५/७६को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिएका थिए।

बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भए पछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।

​अहिले आन्तरिक सुरक्षा प्रमुख रहेको भन्दै प्रहरीमा थप लगानी बढाउनु पर्नेमा उनँले जोड दिए।
​गृहमन्त्री थापाले भने, ‘अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै छ। कि प्रहरीको संख्या थप्नुपर्छ कि उनिहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्ति बाटै काम चलाउन सकिन्छ। ’

​सुरक्षा र प्रविधिमा लगानी गरेका मुलुकल मात्रै विकासमा फड्को मारि रहेको भन्दै विकासको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको उनँको भनाई छ। कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले पूँजिगत खर्च कम खर्च हुनुको कारण खौज्दै समाधान निकाल्न निर्देशन दिए।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभाग, प्रहरी किताबखाना लगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए। बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधि समेत सहभागी भएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083