गोल्डेन बुट रेसमा मेस्सी शीर्षमा, पछ्याउँदै एम्बाप्पे

6.63K
shares

काठमाडौँ । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाका खेलाडी लियोनल मेसीले इस्प्यानियोलविरुद्ध दुई गोल गरे। यससँगै मेसीले घरेलु लिगमा व्यक्तिगत गोलसंख्या ३१ बनाएका छन्। यससँगै ‘गोल्डेन बुट ब्याटल’मा मेसी अझै बलियो बनेका छन्। तर, गोल्डेन बुट प्रदान गर्ने ‘मार्सा’ले भने इप्यानियोलविरुद्ध मेसीले गरेको गोललाई भिक्टोर साञ्चेजको आत्मघाती गोल भनेको छ। सोही कारणले गर्दा उसले मेसीको गोलसंख्या ३० मात्रै बनाएको छ।

अन्य उच्च गोलकर्ताहरु

१) लियोनल मेसी (बार्सिलोना): ३० गोल – ६० अंक

२) किलियन एम्बाप्पे (पीएसजी): २७ गोल – ५४ अंक

३) क्वाग्लिरेला (साम्पोर्दिया): २१ गोल – ४२ अंक

४) क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स): १९ गोल – ३८ अंक

५) पियाटेक (मिलान): १९ गोल – ३८ गोल

६) सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी): १९ गोल – ३८ अंक

७) रोबर्टो लेवान्डोस्की (बार्यन म्युनिख): १९ गोल – ३८ अंक

८) जापाटा (एट्लान्टा): १९ गोल – ३८ अंक

९) लुइस स्वारेज (बार्सिलोना): १८ गोल – ३६ अंक

१०) पेपे (लिल्ले): १८ गोल – ३६ अंक


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083