पञ्चवर्षीय योजना निर्माण गर्न राष्ट्रिय विकास परिषद्को बैठक बस्दै
वि.सं.२०७५ चैत २० बुधवार १०:४८
7.07K
shares
shares

काठमाडौं। पञ्चवर्षीय योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले दुई दिने छलफल कार्यक्रम आयोजना गर्दैछ। आज बुधबार र बिहीबारका लागि राष्ट्रिय विकास परिषद् बैठक आयोजना गरिएको आयोगले जनाएको छ।
बैठकमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को मूल लक्षसहित सरकारले अघि सारेको १५ औँ योजनाको आधारपत्रलाई अन्तिम रूप दिने आयोगको तयारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागेको परिषद् बैठकमा मन्त्रीहरु, प्रतिपक्षी दलका नेता, प्रदेश मुख्यमन्त्री, संसदीय समितिका सदस्यलगायत करिब तीन सय ५० जनाको सहभागिता रहने आयोगका प्रवक्ता डा।किरण रूपाखेतीले जानकारी दिए।
अयोगले प्रस्ताव गर्ने आधारपत्रको प्रस्तावमाथि बैठकमा छलफल हुने छ। छलफलपछि आधारपत्रलाई सहभागिको सुझाव समेटर अन्तिम रूप दिइने छ।






























